• नमोबुद्ध संवाददाता

काठमाडौँ,  ः नेकपा(एमाले)का नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

एमाले र नेकपा(माओवादी केन्द्र) का पेशागत जिल्ला समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “नेपाली जनतालाई परिवर्तनको महसुस हुने गरी विकासको लहर ल्याउने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा चुनावी अभियानमा केन्द्रित भएको छु ।”

काठमाडौँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले मुलुकको विकास र निकास गर्ने राष्ट्रिय दायित्वलाई आत्मसात् गर्ने लक्ष्य एमाले र गठबन्धनले लिएको चर्चा गर्दै इतिहासको आवश्यकता बुझ्न र मतदातालाई बुझाउन बुद्धिजीवी तथा पेशाकर्मीलाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले विभक्त रुपमा रहेका वामपन्थी शक्ति मिलेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकलाई स्थायित्व दिने र एकाध वर्षभित्र मुलुकलाई समृद्ध बनाउने लक्ष्य राखिएको बताउनुभयो ।

एमाले र माओवादी केन्द्रकाबीचमा तत्काल निर्वाचनमा तालमेल र एकता गर्ने प्रक्रिया सुरु भएपछि जनविरोधी शक्ति अत्तालिएको भन्दै उहाँले कम्युनिष्ट मिल्दा लोकतन्त्र धरापमा प¥यो भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

नेता पोखरेलले वाम गठबन्धनको सरकारले प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्दै कृषि, पर्यटन, जलस्रोत, जडीबुटीका माध्यमबाट देश र जनतालाई उन्नतिको शिखरमा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्माले राष्ट्रिय एकता र समृद्धिका लागि वाम गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो ।

एमाले पेशागत विशेष जिल्ला कमिटिका अध्यक्ष प्रेमप्रसाद पराजुली र माओवादी केन्द्र पेशागत शाखा जिल्ला समितिका संयोजक कृष्ण केसीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !