अन्दाजी ५ फिट ६ इन्च उचाइ भएको, नेवार वा मंगोल समूदायको जस्तो देखिने र २७, २८ वर्षको व्यक्ति सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको भन्दै प्रहरीले  स्केच सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हत्यारा गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, आर्मी पुलिसको जस्तो छोटो कपाल भएको र खाइलाग्दो जिउडाल भएको उक्त व्यक्तिले घटनाको समयमा मुखमा मास्क लाएकोले प्रत्यक्षदर्शीले निजको सम्पूर्ण हुलिया बताउन नसकेको प्रहरीको अनुसन्धान टोलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
घटनाको गहिराइसम्म पुगी घटनाको अनुसन्धानमा लागिरहेको भन्दै प्रहरीले घटनासँग सम्बन्धित सूचना भएमा जानकारी गराउन अनुरोध गरेको छ ।

 

प्

प्रतिक्रिया दिनुहोस !