विघटित संविधानसभाको महिला सभासद्हरूको समूह (ककस) को एक अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवले संविधानसभा विघटनमा हुनुमा मधेसी मोर्चासहित प्रमुख तीन दल प्रमुख दोषी रहेको बताएका छन् । संविधानसभा विघटनले आफु पनि निकै दुःखी भएको बताउदै अन्तरिम संविधानको दायरामै रहेर पहल गर्ने बताएका छन् ।राष्टपति डा. यादवले संविधानसभा विघटन भएपछि संरक्षकको नाताले आफू पनि जनताको नजरमा कलङ्कित भएको धारणा व्यक्त गर्दै राजनीतिक सङ्कटको निकासको उत्तम बाटो दलहरूबीचको सहमति भएको उल्लेख गर्नुभयो। संविधानसभा विघटन भएपछि राजनीतिक बृत्तमा अनेक टीकाटिप्पणी भएको स्मरण गर्दै डा। यादवले पैसा कमाउनलाई कोही संविधानसभामा आएको होइन, म पनि पैसा कमाउनलाई राष्ट्रपति भएको होइन, पेशाले म डाक्टर हुँ, औषधि बेचेर भए पनि पैसा कामउन सक्थें भनि उहाँले गुनासो गर्नुभयो।
राष्ट्रको ठूलो लगानीका बाबजुद परिणाम केही नआएपछि आफू दुःखीत भएको भन्दै राष्ट्रपति डा. यादवले उपलब्धिलाई संस्थागत गर्न राजनीतिक दलका नेताहरूको बीचमा सहमतिको पहल गर्न दबाब दिनसमेत पूर्व महिला सभासद्हरूलाई आग्रह गर्नुभएको थियो।