संविधानको प्रस्तावना र धारा ४३ मा सहमति र सहकार्यको संस्कृति स्पष्ट उल्लेख भएकाले त्यसैलाई आधार बनाएर निरन्तर प्रयास गर्ने र बाबुराम भट्टर्राईले सहमति जुटाउन नसके एकसाता भित्रै राजनीतिक निकासको उपायका लागि राष्ट्रपति डाक्टर रामबरण यादवले परामर्श गरिरहेको एक सल्लाहाकारले बताएका छन् । माओवादीले सर्बोच्च अदालतको आदेशमा टेक्दै समस्या समाधानको विकल्प चुनाव मात्रै हो भनिरहेकोमा कांग्रेस एमाले भने त्यसको वैधानिकतामै प्रश्न उठाइरहेका छन् । चुनाव घोषणाको वैधानिकताबारे सर्वोच्चमा मुद्दा विचारधीन रहेकाले राष्ट्रपतिले चुनावको पक्ष, विपक्ष वा अन्य निकासमा तत्काल सहमतिका लागि दलहरुलाई आग्रह गर्ने र केही समय पर्ख र हेरको रणनीतिमा रहेको बताएका छन् ।
अबको लगभग एकसाता भित्रै प्रधानमन्त्रीलाई बोलाएर सहमति जुटे नजुटेका बारे जानकारी लिने र भट्टर्राईले सहमति जुटाउन नसकेको स्पष्ट भए सामुहिक परामर्शमा जाने राष्ट्रपतिको योजना छ । दलहरुबीचको धुव्रीकरणले सहमतिमा आउने सम्भावना कम देखिएको भएपनि राष्ट्रपतिले तत्काल कुनै कदम चाल्ने संभावना नरहेको जानकारहरु वताउँछन् । संविधानको संरक्षण र कतर्व्य पालना गर्नु राष्ट्रपतिको कतर्ब्य हुनेछ भन्ने अन्तरिम संविधानको वाक्यासंलाई नै टेकेर राष्ट्रपतिले अन्तिममा राजनीतिक कदम उठाउन सक्ने तर्क गर्नेहरु पनि छन् । तर, राजनीतिक र कानुनी जटिलताका बीच अब सुरु हुने राजनीतिक शक्ति संर्घषले मुलुकलाई अझै केहिसाता अनिश्चयको यात्रामा अघि बढाउने सम्भावना छ