दक्षिण कोरियामा  बढ्दो नेपालीको उपस्थिति संग संगै आफ्नो कला र संस्कृतिको प्रचार  प्रसार को लागि र हरेक नेपाली लाई दुख पर्दा बस्ने सेल्टर को रुप मा प्रयोग गर्न मिल्ने गरि कल्पना गरिएको नेपाल हाउसको संचालन गरि सबै को प्रशंसा बटुलेको  एन आर एन दक्षिण कोरियाले आफ्नो परिमार्जित नया भवन को   एक समारोह बीच नेपाली दुतावासका महामहिम  कमान सिंह लामाले शुभारम्भ गर्नु भयो । समारोहलाई सम्बोदन गर्दै महामहिम लामाले उक्त नेपाल हाउसले नेपालमा रहेका सबै जात जाती को पहिचान गराउने  सांस्कृतिक सामाग्रीहरुको संकलन गरि वास्तविक नेपाली घर को झल्को दिने गरि सजावट गर्नुपर्नेमा जोड दिदै,  यसको लागि दुताबासले पनि सकेको सहयोग गर्ने  आश्वासन दिनुभयो । दुतावासका उपनियोग प्रमुख राजाराम बतौलाले एन आर एन ले नेपाल हाउस स्थापना गरेर राम्रो कामको शुरुवात गरेकोमा प्रशंसा गर्दै एन आर एन लाई राम्रो प्रस्ताब लिएर आउन सुझाब दिनु भयो ।    नेपाली महिलाहरुको लागि छुट्टै आश्रयस्थल संचालन गर्न   दुताबास  सधै सकारात्मक रहेको तर यसका लागि नेपाल सरकार मार्फत पहलकदमी गर्न सुझाब दिनु भयो ।

कार्यक्रममा पूर्व  अध्यक्ष बिनोद कुवर ले बिगत का दिन मा आफुले काम गर्दा कुनै त्रुटि भएको भए अहिलेको कार्यसमिति ले सच्याई अगाडी बढ्न आग्रह गर्दै   राम्रो संग चलाउनको लागि उपसमितिको गठन गरि सबै जिम्मेबारी उसैलाई दिनु पर्ने बताउनु भयो । नेपाल ब्यपार संघका मदन केसी ले  नेपाल हाउसको उचित उपयोग हुनुपर्नेमा जोड दिनु भयो  ।

कार्यक्रममा बक्ताहरुले नेपाल हाउसको पुनः उदघाटन  भन्नु  गलत भएको भन्दै नेपाल हाउसले ई पि एस मार्फत आएका श्रमिकहरुको मागलाई सम्बोधन गर्नुपर्ने र नेपाल हाउस मा बस्नको लागि मात्र नभएर नेपाली हरुलाई दुख परेको अबस्थामा कानुनु रुपमा पनि सहयोग गर्न पर्नेमा जोड  दिएका थिए।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापति एबम एन आर एन कोरियाका अध्यक्ष केपी सिटौला ले  आगामी दिन मा पनि सबै संघ संस्था को सुझाब लिई अघि बढ्ने प्रतिबद्दता  जनाउदै  सम्पूर्ण संघ संस्था लाई धन्यवाद ब्यक्त गर्नु भयो  ।

कार्यक्रममा ,एन आर एन कोरिया का पूर्व अध्यक्ष बिनोद कुवर , पूर्व उपाध्यक्ष ध्यान राई ,नेपाल पत्रकार महासंघ कोरिया का सचिब अशोक मैनाली ,,नेपाल पत्रकार महासंघ कोरिया का सल्लाहकार  रघु त्रिपाठी , नेपाल सम्पर्क समिति का शंकर बस्नेत , कोरिया फेमिली एकोडमी का इल गुन नु , नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी ,एन आर एन कोरिया का क्षेत्रीय कार्य समिति का अध्यक्ष मधु सुदन महत , सोनसिक का आस्था बिन्दु मल्ल , र कोरिया मा रहेका विभिन्न संघ सस्थाका  प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !