हिजो काठमाडौंको शंखमूल नजिकै यु एन पार्क छेउमा गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमप्रति आज राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी , न्यायाधीशहरु, कानूनव्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, कलाकार, सर्वसाधारण लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई सर्वोच्च अदालत पसिरमा राखिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।

न्यायाधीश बमको हत्या भएलगत्तै बसेको प्रधानन्यायाधीश तथा न्यायाधीशहरुको आकस्मिक बैठकले सर्वोच्च अदालतले न्यायाधीश बमको दिन दहाडै हत्या भएपछि न्यायालय तथा न्यायाधीशहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउदै   न्यायाधीशहरुको पूर्ण सुरक्षाको माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !