एएफसी यू-१४ फुटबल  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा हिजोदेखि शुरु भयको छ  । अर्थमन्त्री वर्षमान पुनले उक्त फुटबल प्रतियोगिताको उद्‍घाटन गर्दै फुटबल लगायत सबै खेलको विकासमा सरकार प्रतिवद्ध रहेको बताउनु भयको छ । यसैबीच फेस्टिबल अन्तरगत नेपाल यू-१४ ले आफ्नो विजयी शुरुवात गर्दै पहिलो खेलमा श्रीलंकाको यू(१४ टिमलाइ ५(० ले र बंगलादेशको यू(१४ टिमलाइ १(० ले पराजित गर्‍यो । यसैगरी हिजै भएका अन्य खेलमा भारतले भुटानलाइ पराजित गर्‍यो भने बंगलादेशसँग गोलरहित बराबरीमा खेल्यो । यसैगरी श्रीलंकाले खेलेको पहिलो खेलमा भुटानलाइ पराजित गरेको थियो बंगलादेशले पनि भुटान विरुद्धको खेलमा विजयी भएको थियो ।।

प्रतिक्रिया दिनुहोस !