काठमाडौ, वैशाख २० – अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टिमले सधैं गोलको खडेरी बेहोर्दै आएको छ । राष्ट्रिय टिमले पछिल्ला चार खेलमा गोलविहीन रह्यो । एएफसी च्यालेन्ज कपमा न गोल गर्यो न अंक नै जोड्यो । ठीक उस्तै स्थितिबाट गुजि्रएको छ, पुलिस । उसले एएफसी प्रेसिडेन्ट्स कपको पछिल्ला तीनै खेल हार्यो । त्यसमा गोल र अंकको खाता खोल्न सकेन । यसपल्टको प्रेसिडेन्ट्स कपमा पुलिसले गोल गर्नैपर्ने चुनौती बेहोर्दै छ ।
सन् २००९ को प्रेसिडेन्ट्स कपको समूह चरणमा पुलिसले ताजकिस्तानको रेगर ताडाजसँग २-२ खेलेको थियो । त्यसमा दुवै गोल गरेका थिए, चेतन घिमिरेले । त्यसयता पुलिसले गोल गर्न बिर्सेको छ । सन् २०११ मा दशरथ रंगशालामै भएको समूह चरणमा पाकिस्तानको वाप्डासँग २-०, तुर्कमेनिस्तानको बाल्कनसँग २-० र चाइनिज ताइपेईको ताइवान पावर कम्पनीसँग १-० ले हारेको थियो ।
घरेलु लिगमा लगातार सफलता चुम्दै आएको पुलिसले तीन दिनअघि बि्रटिश गोर्खा कप जितेको थियो । त्यसको चार खेलमा उसले ५ गोल मात्र गर्यो । यस्तोमा पहिलो रोजाइका फरवार्ड भरत खवासले पुलिस टिम छाडे । जुमनु राई घाइते छन् । त्यसैले बि्रटिश गोर्खा कपको फाइनलमा पुलिसको अग्रपंक्ति मिडफिल्डरद्वय भोला सिलवाल र योगेश श्रेष्ठले सम्हालेका थिए ।
जुमनुको दायाँ खुट्टामा ‘टिसिएल टियर’ भएको छ । वैशाख १४ गते आर्मीविरुद्धको खेलमा चोट लागेको उनलाई चिकित्सकले २१ दिन आराम गर्न सल्लाह दिएका छन् । त्यसैले पुलिस प्रेसिडेन्ट्स कपमा फेरि गोलको खडेरीबाट तडपन सक्नेछ । प्रशिक्षक विराटकृष्ण श्रेष्ठ भने गोल गर्नेमा विश्वस्त छन् ।
‘मानसिक र शारीरिक रूपमा ठीक भयो भने जुमनुलाई खेलाउने छौं । नभए योगेश र भोला नै फरवार्डमा हुनेछन् । उनीहरू गोल गर्न तयार छन्,’ प्रशिक्षक श्रेष्ठले भने, ‘शीर्ष दुईमा रहँदै फाइनल चरणमा छनोट हुने लक्ष्य छ । गोल नगरी लक्ष्य प्राप्ति सम्भव छैन । त्यसैले पनि हामी गोलको खडेरी तोड्न चाहन्छौं ।’
योगेश बेलाबेला फरवार्डको रूपमा खेल्दै आएका छन् । बि्रटिश गोर्खा कपका उत्कृष्ट फरवार्डबारे प्रशिक्षक श्रेष्ठले भने, ‘उनलाई बल हान्न स्टेप लिइरहनु पर्दैन । फास्ट पनि छन् ।’
राष्ट्रिय टिमका मिडफिल्डर भोला बि्रटिश गोर्खा कपमा पनि फरवार्डको भूमिकामा थिए । ‘सुरुमा गाह्रो भयो । बिस्तारै सजिलो हुँदै आयो । त्यसैले अब अग्रपंक्तिमा पनि खेल्न सक्नेमा ढुक्क भएको छ,’ भोलाले भने । उनले तीन वर्षअघिको प्रेेसिडेन्ट्स कपमा ताइवान पावर कम्पनीविरुद्ध एक गोल गरेका थिए । मिडफिल्डमा भोला र योगेशको स्थान दिलीप राई र भरत शाहले लिनेछन् ।
ँसबैभन्दा कमजोर’
वि.सं.२०६३ मा पुलिसको प्रशिक्षक नियुक्त भएका थिए, विराटकृष्ण श्रेष्ठ । त्यसयता उनले सम्भव तीनै सहिद स्मारक ‘ए’ डिभिजन लिग र एकपल्ट राष्ट्रिय लिगमा पुलिसलाई च्याम्पियन बनाए । नेपालको लिग च्याम्पियन भएको हैसियतले नै पुलिस पाँचौंपल्ट प्रेसिडेन्ट्स कप खेल्न बुधबार कम्बोडिया जाँदै छ ।
भरतको बहिर्गमन र जुमनुको चोट त छँदै छ । कार्यवाहक कप्तान
तथा राइट-ब्याक दीपेन्द्र पौडेल, सेन्टर-ब्याक सुरज विक र मिडफिल्डर रमेश कटवालको कुर्कुच्चामा लागेको चोटले पनि पुलिसलाई सताएको छ । मिडफिल्डको जिम्मेवारी नयाँ खेलाडीको काँधमा छ । त्यसैले पनि विगतको तुलनामा यसपल्टको
टिम सबैभन्दा कमजोर मान्छन्, प्रशिक्षक श्रेष्ठ ।
प्रेसिडेन्ट्स कपमा सर्वाधिक सफल नेपाली क्लब हो, पुलिस । सन् २००७ मा फाइनल खेल्ने रसियन ब्लकबाहिरको पहिलो भएको थियो । अर्को वर्ष सेमिफाइनलसम्म पुग्यो । त्यसपछिका दुई संस्करणमा उसको चुनौती समूह चरणमै टुंगिँदै आएको छ ।
‘विगतमा टिम बलियो थियो । प्रदर्शन राम्रो थियो । अनुकूल नतिजाचाहिँ आएन,’ ५१ वषर्ीय प्रशिक्षक श्रेष्ठले भने, ‘सीमित खेलाडी छन् ।’ टोटल फुटबललाई पछ्याउने भए पनि अनुभवी गोलकिपर रितेश थापा र प्लेमेकर पर्वत पाण्डे मुख्य हतियार हुनेछन् ।
‘रितेश सधैं राम्रो खेल्ने किपर
हुन् । मात्र राष्ट्रिय टिममा अवसर पाएका छैनन्,’ प्रशिक्षक श्रेष्ठले भने, ‘पर्वत मुख्य मिडफिल्डर हुन् । खेल नियन्त्रण गर्न सक्ने खुबी उनमा छ ।’ सन् २००९ मा वाप्डाविरुद्ध पेनाल्टी प्रहार रोकेका ३० वषर्ीय रितेश राम्रो गर्नेमा ढुक्क पनि छन् ।
‘टिम कमजोर भन्दैमा हारिन्छ भन्ने होइन,’ ३२ वषर्ीय पर्वतले भने, ‘नयाँ खेलाडी मेहनती छन् । जोसिला छन् । भाग्यको पनि साथ रहे विगतको भन्दा राम्रो नतिजा पनि निस्कन सक्छ । त्यसैले प्रेसिडेन्ट्स कपमा हामी ‘अन्डरडग’ टिम हो ।’
समूह ‘बी’ मा पुलिसले ६ पल्ट फाइनल खेल्दै दुईपल्ट च्याम्पियन किर्गिस्तानको डोरडोई बिस्केकविरुद्धको खेलसँगै प्रेसिडेन्ट कप शनिबार सुरु गर्नेछ । उसले गत वर्षको उपविजेता नोम
पेन क्रउन -कम्बोडिया) सँग सोमबार र भुटानको यिदजनसँग बुधबार खेल्नेछ । नोम पेन र यिदजनलाई पन्छाएर फाइनल
चरण पुग्ने पुलिसको योजना छ ।