अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित संविधानसभाका सभासदहरु लाई दिएको तलव र जहाज भाडा तत्काल रोक्न र कुन कानुनका आधारमा तलव भत्ता दिन लागिएको हो त्यसको जवाफ तत्काल पठाउन संसद सचिवालयलाई निर्देशन दिएको अख्तियारका प्रवक्ता इश्वरीप्रसाद पौडेलले जानकारी गराएका छन् । संसद सचिवालयले निवर्तमान सभासदहरु लाई बिहीबार देखि १ महिनाको तलब र जहाज भाडा दिदै बिदाई गर्न थाले पछि तत्काल उक्त वितरण कार्य रोक्न र कुन कानुनका आधारमा तलव भत्ता दिन लागिएको हो त्यसको जवाफ तत्काल पठाउन संसद सचिवालयलाई निर्देशन दिएको प्रवक्ता इश्वरीप्रसाद पौडेलले जानकारी गराएका छन् ।
संसद सचिवालयले निवर्तमान सभासद्हरुलाई बिहीबारदेखि ३४ हजार तलव, १५ दिनको घर भाडा ३ हजार २ सय र जहाज जाने ठाउँका लागि जहाज भाडा र अरुलाई गाडी भाडा दिदै सभासद्हरुलाई बिदाई गर्न सुरु गरेको थियो ।