इ.पि.एस. अन्तर्गत दक्षिण कोरिया प्रवेश गरेको डेढ महिना पनि नवित्दै फेरी अर्को एक नेपालीको दुःख निधन भएको छ । तेह्रथुम, ईसिवु १ स्थाई घर भई हाल दक्षिण कोरियाको फ्यंगथेक शहर स्थित एक र्फनिचर कम्पनीमा कार्यरत ललित प्रसाद फोम्बो गत बैशाख ११ मा इ.पि.एस .मार्फत कोरिया आएको र गत बुधबार बेलुकी आफ्नो कोठामा सुती विहिबार विहान उठ्दा सास फेर्न अप्ठेरो महशुस भए पछि संगै कार्यरत शुक्र तपाङले कम्पनी मालीकलाई बोलाई अस्पताल लादा लादै बाटैमा दुःखद निधन भएको थाहा हुन आएको छ । हामिलाई टेलीफोन मार्फत महेन्द्र लिम्बुले जाकारी गराए अनुसार मृतक निज ललित प्रसाद फोम्बाको मृत शरिर ओशाङ हाङगुक फ्यंगवनमा रहेको थाहा हुन आएको छ । यस बारेमा थप स्पष्ट हुनका लागि द.कोरिया स्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख राजाराम र्बतौलालाई सम्र्पक गर्दा उक्त घटना दुःख भएको र दुताबासले स्थगल भ्रमण गरि मृतकको शरिरलाई कोरियाको कानुन अनुसार पोष्टमार्ट गरि नेपाल पठाउने वा यही दाहासंस्कार गर्ने सम्बन्धमा आवश्यक पहलकदमि थालि सकेको जानकारी गराएका छन् ।
द.कोरियामा हालै आएर नेपाली कामदारहरु को असहामायिक मृत्यू हुने क्रम बढ्दो र मृत्यू पश्चात पोष्टमार्टम पनि नगरि अन्तिम संकार गरिनाले मृत्यूको बास्तबिक कारण पत्ता लगाउन नसकी रहेको अवस्थामा सम्वन्धि निकायले मृत्यूको यथार्थ कारण पत्ता लगाई भविष्यमा कुनै नेपाली श्रमीकले यस किसिमको मृत्यूको सिकार हुनु नपरोस भन्ने तर्फ सबैको ध्यान जान आवश्यक देखिन्छ ।