सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम र उनका अंगरक्षकमाथि राजधानीको शंखमुलमा गोली प्रहार गरिएको छ । बंगलामुखी मन्दिरमा दर्शन गरेर कार्यालयतर्फ आउँदै गरेको बेला उनीमाथि गोली प्रहार भएको हो ।
घट्ना ११ बजेर पाँच मिनेट जाँदा भएको प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहले संवदादाताहरुलाई बताए । न्यायाधीश बम बा.८.च ९८५३ नम्बरको सेतो कारमा चढेका थिए । कार भित्रै उनीमाथि आक्रमण भएको छ ।
कालो पल्सर आएर गाडीको अगाडी रोकएपछि न्यायाधीस बम चढेको गाडी रोकिएको थियो । त्यही बेला मास्कलागएका ब्यक्तीले सुरुमा अंगरक्षक र त्यसपछि न्यायाधीशलाई गोली प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
न्यायाधीस बमको च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको बताइएको छ । त्यस्तै उनका अंगरक्षक महेश गिरीको घाँटीमा गोली लागेको छ । दुवैजना घाइतेलाई स्थानीयले नर्भिक अस्पतालमा पुर्याएको छ । गाडीमै रहेका न्यायाशीस बमका साथीको पनि पाखुरामा गोली लागेको बताइएको छ ।
घाइते बमलाई भेट्ना प्रधानन्याधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका छन् । न्यायाधीश बम आफ्नो घर कलंकीबाट बगलामुखी दर्शन गर्न आएको र दर्शन गरेर कार्यालय जाने क्रममा उनी माथि आक्रमण भएको बताइएको छ । गृहमन्त्री विजय गच्छदार, प्रहरी महनिरीक्षक शाह लगायत प्रहरीका उच्च अधिकारीहरु अस्पताल पुगेका छन् ।
घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । पहिलो चोटी यो पार्टीको नाम सुनिएको छ ।