शान्ति कोष सञ्चालक समितिको १२ औं बैठकले नेपालको चालू शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा ११ अर्ब ४२ करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ। सिंहदरबारस्थित शान्ति तथा पुननिर्माण मन्त्रालयमा बसेको सञ्चालक समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत शान्तिमन्त्री सत्य पहाडीले यस्तो जानकारी दिएकी हुन् ।

उनले पाँच वर्षको अवधिमा विभिन्न दातृ निकाय तथा सरकारको सहयोगमा ४३ वटा आयोजनाबाट ११ अर्ब ४२ करोड खर्च भएको बताइन् । पाँच वर्षको अवधिमा शिविर व्यवस्थापनका लागि ५ अर्ब, संविधानसभा निर्वाचनका लागि ३ अर्ब, द्वन्द्व प्रभावित क्षेत्रका लागि २ अर्ब र संविधान निमार्णका लागि १ अर्ब खर्च भएको उल्लेख गरिएको छ । साथै आज बसेको शान्ति कोष सञ्चालक समितिको बैठकले नयां चार वटा शान्ति आयोजना सञ्चालनका लागि ९४ करोड रुपैयाका विनियोजित गरि स्वीकृत गरेको छ ।

कार्यक्रममा उपस्थित नेपालका लागि स्विट्जरल्यान्डका राजदुत थोमस गासले नेपालको जारी शान्ति प्रक्रिया सकारात्मक दिशा बढेको भन्दै आगामि दिनमा पनि अन्तर्राष्ट्रिय सहयोग जारी रहने बताए । उनले दिर्घकालिन शान्तिका लागि समुदायमा सदभाव कायम गर्ने खालका कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस !