प्रधान सेनापति छत्रमानसिंह गुरुङ सेना पुनसंर्रचनासम्बन्धी विवादमा स्पष्टिकरण दिन संसदको राज्य व्यवस्था समिति पुगेका छन्। सेनामा रथी थप गर्ने बारेमा पेश गरको पुनर्संरचनाबारे बिबाद भएपछि राज्य व्यवस्था समितिले उनीसँग स्पष्टिकरण लिएको हो। गुरुङले सेनामा रथीको दरबन्दी बढाउन सरकारसँग गोप्य प्रस्ताव गरेका थिए। सेनामा बलाधिकृत र बलाध्यक्ष गरी दुई मात्र रथी छन्। एकाएक तीन रथी थपेर उपरथी दमन घलेको बढुवा सुनिश्चित गराउन खोजेको प्रधानसेनापति माथि आरोप लाग्दै आएको छ। समितिले प्रधानसेनापति गुरुङसँग सेना समायोजनका बारेमा समेत जानकारी लिने बुझएको छ। प्रधानसेनापति गुरुङसँगै उपप्रधान तथा रक्षामन्त्री विजयकुमार गच्छेदारलाई पनि समिति बैठकमा बोलाइएको छ।