काभ्रेपलाञ्चोक‐बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस सहकारीको असोज १६ देखि असोज १८ सम्म सञ्चालित साधारणसभाले निर्विरोध रुपमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएका हुन । नवनिर्वाचित पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।

यस सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा केशव थापा, सचिवमा भीमबहादुर खत्री, कोषाध्यक्षमा गणेशप्रसाद पराजुली तथा सदस्यहरूमा लोकदर्शन कर्माचार्य, बुद्धिमाया लामा, सुनिता धिताल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । लेखा सुपरिवेक्षण समितिको सदस्यहरूमा विदुर थापा र सिद्धिलक्ष्मी पोतेले जिम्मेवारी सम्हाल्नुभएको छ ।

संस्थाको ३३औँ वार्षिक साधारणसभा अन्तर्गत ७ वटा इकाइसभाबाट छनोट भएका ३१ जना प्रतिनिधिद्वारा अन्तिम निर्णय प्रमाणीकरण गरेसंगै नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको शपथग्रहण र पदभार ग्रहण भएको संस्थाका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न निर्णय प्रमाणीकरण सभाको उद्घाटन राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघ लिमिटेडका अध्यक्ष एवं बागमती प्रोस्कूनका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदीप थापाले गर्नुभएको थियो ।

निर्णय प्रमाणीकरण सभामा इकाइसभाबाट छनोट भएका प्रतिनिधिसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

सपथ ग्रहण समारोहमा संस्थाका सल्लाहकारद्वय प्रदीप थापा र भीमसेनप्रसाद सापकोटा, निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडाल तथा प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !