औपचारिक रुपमा मात्रै विभाजन हुन बाँकी रहेको एकीकृत नेकपा माओवादीका दुवै पक्षको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । संस्थापन पक्षले ११ बजे पार्टी कार्यालय कोटेश्वरमा  बैठक बोलाएको छ भने वैद्य पक्षको बैठक पनि ११ बजे कुपण्डोलमा बस्दैछ । माओवादीका  दुवै पक्ष  एक अर्काले गल्ती स्वीकार नगरेसम्म सँगै बस्न नसकिने निष्कर्षका साथ अघि बढेको छ । वैद्य पक्षले समग्र प्रक्रिया असफल भएकोले प्रचण्ड–बाबुरामले गल्ती स्वीकार गर्नुपर्ने अडान राखेको छ भने संस्थापन पक्षले वैद्य पक्षले लगाएको आरोप पुष्टि नभएकोले आत्मालोचना गर्नुपर्ने नभए कारवाही गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा वैद्य पक्षलाई बोलाएपनि वैद्य पक्ष नजाने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !