काठमाडौं—यो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

साहको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगकद्धारा जारी सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको उजुरी परेकोमा त्यसमाथि अध्ययन गर्दा प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको जनाईएको छ ।

प्रत्यक्षतर्फका उम्मेदवार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।

यो क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् ।

हेर्नुहोस् उम्मेदवारी खारेजबारे आयोगको सूचना

 

प्रतिक्रिया दिनुहोस !