काभ्रेपलाञ्चोक–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार रहनुभएका युवा नेता अमित लामाले नमोबुद्ध नगरपालिका क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बुधबार र बिहिबार नमोबुद्धबासीको घरदैलो अभियानमा पुग्नुभएका उहाँले यहाँका जनतासामु नमोबुद्धको पूर्वाधार विकासदेखि सामाजिक एवं पर्यटन प्रवद्र्धन विकासमा आफूले नीति, योजना र बजेट निर्माणको जिम्मा लिने प्रतिबद्धता जनाउनुभएको हो ।
जनताको भावना, आवश्यकता बुझ्न र आफ्नो आगामी नीति तथा योजना बोकेर घरदैलो अभियानमा रहनुभएका लामाले बिहिबार नमोबुद्ध ५ कमेरेका जनतामाझ भन्नुभयो,–‘एमाले सामाजिक न्याय, सुशाषन र विकासको पक्षमा सदैव रहदै आएको छ । पार्टीले जेन्जी युवाको भावना समेत बुझ्ने ४१ वर्षको म जस्ता दर्जनौं युवालाई उम्मेदवार बनाएर जनताको सेवक बन्न पठाएको छ । निर्धक्क हुनुहोस् हामी भाषणभन्दा गतिमा, विकासमा विश्वास गर्छौं ।’
बारम्बार अरु पार्टीले जितेपनि सोचेजस्तो काम नभएको औंल्याउदै उहाँले अब नझुक्किन आग्रह गर्नुभयो–‘यहाँ अरु अरु आश्वासन दिन आए होलान्, यो क्षेत्र लामो समयदेखि अरुले नै जित्दै आए, तपाईंहरुको सपना पूरा भएन तर यो पटक नझुक्किनुहोस् हामीलाई जिताउनुहोस्, हामी काम गर्ने छौं ।’

‘सडक पूर्वाधार गतिलो छैन, हिउँदमा जेनतेन धुलो मैलो गरी गाडी चल्ला तथा बर्खामा चल्दैन, किसानले आफ्नो उत्पादन बजारसम्म लैजान पाइराखेका छैनन्, समयमा उन्नत प्रविधि, विउविजन, मलखाद नपाउँदा सास्ती छ, शिक्षा र स्वास्थ्यमा उस्तै समस्या छ, काभ्रेका यहि भेग बस्तीबाट युवाहरु विदेश पलायन भइरहेका छन् यो चुनौती चिर्ने हिम्मत, साहस र कार्यक्रम हामीसँग छ ।”
स्थानीय जनताको यश खालको समस्या आफूहरुले नजिकबाट बुझेको उल्लेख गर्दै समाधानका लागि आफ्नो अठोट सहित उहाँले भन्नुभयो,–‘हामीले यो क्षेत्र जितेको भएको आज यस्तो अवस्था हुने थिएन, हामी यहाँहरुको अमुल्य मतले जितेर हाम्रै सरकार बनाउनेछौं अनि पहिलो प्राथमिकताको रुपमा हाम्रै पालामा यहाँका बाटोहरु पिच गर्नेर्छौ, किसानलाई उन्नत प्रविधि, विउविजन र मलखादको व्यवस्था गर्नेछौं, शिक्षा, स्वास्थमा जनताको स्तर सुधार्नेछौं, सामाजिक, आर्थिक शसक्तिकरणका नीति, कार्यक्रम ल्याउनेछौं । युवा क्षमता र सिर्जनशिलता केन्द्रिक कार्यक्रममार्फत युवाको भावना सम्बोधन गर्नेछौं, स्थानीय कला संस्कृतिको प्रवद्र्धन एवं धार्मिक सांस्कृतिक पर्यटनको विकास गरी समुन्नतीको बाटो पकड्नेछौं ।’
समानुपातिक उम्मेदवार ईन्द्र बहादुर तामाङले बहुदलिय व्यवस्थापछि एमाले नेता मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा बसाएको विकासको जग बलियो बनाउन र यो क्षेत्र समृद्धिको थप योजना साथ आफुहरु जनतामाझ आएको बताउनुभयो ।
“यो भुगोल, जनताको भावनासँग भिज्दै आएका हामी एमाले हौं तर लामो समयदेखि यो क्षेत्रको नेतृत्व गर्नबाट टाढा हुनुपर्यो, यो पटक विश्वास छ जनताले सूर्य ध्वजावहाक उम्मेदवारहरुलाई जितानुहुनेछ ।”- उहाँले भन्नुभयो ।
एमाले क्षेत्र नं. १ को घरदैलो अभियान नमोबुद्धपछि तेमालका वडाहरुमा हुने तेमाल गाउँ कमिटि पूर्व इञ्चार्ज एमाले युवा नेता जेनिश लामाले बताउनुभयो ।















