शिशिर लामा ,काभ्रेपलाञ्चोक —तथ्याङ्क समन्वय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले तथ्याङ्क स्थापना दिवस २०८२ को अवसरमा बिहीबार धुलिखेल ताालिम केन्द्र,धुलिखेलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले तथ्याङ्क कार्यालयले सबै सरोकारवाला निकायसँग प्रभावकारी रूपमा समन्वय गर्न सके आधिकारिक तथ्याङ्क प्राप्त गर्न कुनै कठिनाइ नहुने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी तथ्याङ्क समन्वय कार्यालय काभ्रेका समन्वय अधिकारी दिपक कोइरालाले कार्य पत्र प्रस्तुत गर्नुहुदै पत्रकारहरू प्रति पूर्ण विश्वास रहेको बताउँदै सही, सत्य र विश्वसनीय तथ्याङ्क मात्र आम समुदाय समक्ष पु¥याइने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,दोलखा र रामेछाप जिल्लामा कार्यलयले गरेका गतिविधिलाई समेटेर तयार पारेको बृतचित्र समेत प्रस्तुत गरिएको थियो ।

दिवसकै अवसरमा कार्यालयले दुई जना कर्मचारीलाई सम्मान समेत गरेको छ । विगत २५ वर्षदेखि कार्यालयमा कार्यरत कार्यालय सहयोगी खड्गबहादुर भुजेल र सुपरिवेक्षक सन्तोष कार्कीलाई सम्मान गरिएको हो । उहाँहरूलाई समन्वय अधिकारी तथा कार्यक्रमका प्रमुख अथितिले सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस !