
दक्षिण कोरिया-दक्षिण कोरियाको मुजु सहरमा विश्व ओलम्पिक्स तेक्वान्दो च्याम्पियनसिप २०२५ सम्पन्न भएकाे छ ।
उक्त खेलमा नेपाली खेलाडी राजकुमार दराईले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा कास्य पदक जित्न सफल भएका छन् ।
ने याे पाली खेलाडी दराईले एकल पुम्से विधामा एक कास्य पदक तथा सिनियर फाइट (ग्योरोगी ) तौल समूह ६८–७२ केजीमा अर्को कास्य पदक हात पारेका हुन् ।
याे ऐतिहासिक उपलब्धिसँगै नेपाली खेलकुदको अन्तर्राष्ट्रिय पहिचान थप उज्यालो भएको कोच मास्टर रोहित राजवंशीले बताएका छन् ।
“यो जित मेरो मात्र होइन, आम नेपाली जनताको हो,” दराईले पदक जितेपछि प्रतिक्रिया दिँदै भने, “मलाई साथ र समर्थन गर्ने सबैप्रति म हृदयदेखि धन्यवाद दिन चाहन्छु।”