काठमाडौं–तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको गत आइतबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्यो ।

अधिवेशनले अध्यक्षमा राज पाख्रिन, उपाध्यक्षमा सृजना गोले, ग्यानक वाइबा र मोहन तामाङलाई जिम्मेवारी प्रदान गरेको छ ।

संस्थाको महासचिवमा योगेशसांगे योञ्जन, सचिवमा डोमा तामाङ, कोषाध्यक्षमा सूर्य तामाङ र सहकोषाध्यक्षमा नरेश लामा तामाङ निर्वाचित हुनुभएको छ ।

सांस्कृतिक सचिवमा सुनिता लामा र सांस्कृतिक सहसचिवमा लोब्साङ लामा तथा युवा संयोजकमा उमेश तामाङलाई चयन गरिएको छ भने सदस्यमा सुजन लोप्चन, कपिल तामाङ, छेडुप पाख्रिन, फ्युबा तामाङ र अनिता पाख्रिन रहनुभएको छ ।

अष्ट्रेलियाको उक्त प्रान्तका साथै अन्य स्थानमा रहेका तामाङ तथा नेपालीहरुका साथै नेपालका तामाङ समाजसँग समेत जोडेर विविध सामाजिक गतिविधिहरु गर्दै आएको उक्त संस्थाको अधिवेशनले  पदाधिकारी, सदस्यसहित सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिमा अरुण तामाङ, टिकाराम तामाङ र किशोर लामा रहनुभएको थियो । निर्वाचित कार्यसमितका सबैले पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी दुई वर्ष सम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस !