
काभ्रेपलाञ्चोक–पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपौयाँको बजेट ल्याएको छ । नगरको बुधबार आयोजित सत्रौं बजेट अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीद्धारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि उपप्रमुख गीता बञ्जाराले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
सभामा दिएको जानकारी अनुसार आन्तरिक आयबाट रु ४४ करोड २५ हजार, राजश्व बाँडफाँडबाट रु २० करोड ४१ लाख ९० हजार आय प्राप्त हुने प्रक्षेपण गरिएको छ । नेपाल सरकार(संघ)को वित्तीय हस्तान्तरणबाट ४९ करोड ७९ लाख, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ६ करोड ४९ लाख २६ हजार हुने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
नगरले समपुरक अनुदानतर्फ ८७ करोड बजेटको प्रक्षेपण गरेको छ । अन्य आयमा रु ५९ लाख ५० हजार जनसहभागितातर्फ राखिएको छ भने चालु आर्थिक वर्ष २०८१/०८२ को न्युन बजेट रु ३९ रोड ९० लाख ६० हजार पनि समावेश गरिएको छ ।
चालु खर्च, पुँजीगत खर्च एवम् वित्तीय व्यवस्था प्रयोजनको निमित्त रु १ अर्ब ६१ करोड ११ लाख ११ हजार बजेट विनियोजन गरेको उपप्रमुख बञ्जाराले स्पष्ट पार्नुभयो ।
जसमा विषयगत शाखाहरुको कार्यक्रमहरु समेत गरी चालु खर्च रु ८१ करोड १८ लाख ३० हजार जम्मा विनियोजित बजेटको ५०.३७ प्रतिशत, पुँजीगत खर्च रु ७९ करोड ९५ लाख ८१ हजार जम्मा विनियोजित बजेटको ४९.६३ प्रतिशत रहेको उहाँले सभामा जानकारी गराउनुभयो ।
उक्त बजेट नगरस्तरीय योजनाहरु, दायित्व सरेका योजनाहरु र अन्य बााँकी योजनाहरु रु ८ करोड ८२ लाख ७५ हजार, वडा स्तरीय योजनाका लागि प्रति वडा रु १ करोड ३० लाखकको दरले रु १५ करोड ६० लाख, वडामा आवश्यक सामाजिक विकास कार्यक्रमहरु(सामाजिक, क्षमता अभिवृद्धि) प्रति वडा रु १० लाखको दरले रु १ करोड ३० लाख, बागमती प्रदेश सरकारको समपुरक योजना(नपाको लागत समेत) गरी रु २ करोड ३ लाख, पशुपन्छी विकास सम्बन्धि विभिन्न कार्यक्रमको लागि २ करोड ६५ लाख, कृषि विकास कार्यक्रमका लागि १ करोड २० लाख, शिक्षातर्फ ४ करोड ४५ लाख, स्वास्थ्यतर्फ ३ करोड २० लाख, विपद व्यवस्थापनतर्फ १ करोड ५० लाख, ऋणको व्याज भुक्तानी र राजश्व फिर्तातर्फ १ करोड ८१ लाख, राजश्व फिर्तातर्फ ४ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।
असार १० गते मंगलबार आयोजित सत्रौं नगर अधिवेशन गणपुरक संख्या अपुग भएपछि बुधबारका लागि स्थगीत भएकोमा बुधबार आयोजित अधिवेशनमा नगर प्रमुख भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र नगर उपप्रमुख बञ्जाराद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफलसहित पारित गरिएको छ ।
नगरप्रमुख भण्डारीद्धारा सभामा प्रस्तुत आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम यस्तो छ :-
नगरउपप्रमुख बञ्जाराद्धारा सभामा प्रस्तुत आ.व. २०८२/०८३ को बजेट यस्तो छ :-