काभ्रेपलाञ्चोक–धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले शुक्रबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा ३०औं दीक्षान्त समारोह आयोजना गर्यो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय इमान्दार, मेहनती, शालिन व्यक्तिको देश भनी परिचित गराउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्नेमा जोड दिनुभएको हो ।

इतिहासका तथ्यहरुले पहिलेदेखिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिल लगायत बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको उल्लेख गर्दै अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेशनमा लाग्न समेत सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

दीक्षान्त समारोहको दोस्रो चरणमा यो पटक १ हजार १ सय २९ विद्यार्थी दीक्षित भएका छन् ।

स्कुल अफ आट्र्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् ।

पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना सोही समारोहमा दीक्षित भएका छन् । दीक्षित मध्ये छात्रको प्रतिशत ५० दशमलव ९३ प्रतिशत र छात्राको प्रतिशत ४९ दशमलव ०७ प्रतिशत छ । १ सय १८ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत डक्ट्रेट अफ फिलोसोफी इन जियोम्याटिक्स इञ्जिनियरिङ मा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत व्याचलर अफ प्रोफेसनल हस्पिटालिटीमा मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत डक्ट्रेट अफ मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा मा १ जना, डक्ट्रेट अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन मा १ जना, एमएस्सी इन कम्युनिटी हेल्थ नर्सिङमा १ जना, एमएस्सी इन साइक्याट्रिक नर्सिङमा २ जना र मास्टर्स अफ फिथियोथेरापी इन मस्कुलोस्केलेटल फिजियोथेरापीमा मा ५ जनालाई उपाधि प्रदान गरिएको छ ।

स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका एजल सुखजू, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरिएको छ ।

यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई प्रदान गरिएको छ ।

तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्म काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना ९११ दशमलव ८३ प्रतिशत० विदेशी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस !