काठमाडौं–धर्मगुरु खेन्पो कुन्साङ गोलेको अगुवाइमा स्वयम्भूमा जेठ २५ गतेदेखि आयोजना गरिएको ञ्युङ्ने मौन ब्रत बुधबार समापन गरिएको छ ।

हिमाली महायानी बौद्ध धर्म अन्र्तगत तिब्बती भोट पात्रो अनुसार तथागत शाक्यमुनि बुद्धको महा त्री–संयोग परेको महिना सागादावाको पावन अवसरमा आयोजित ञ्युङ्नेको अन्तिम दिन धर्म गुरु खेन्पो गोलेद्धारा वाङ प्रदान गरेसँगै समापन गरिएको हो ।

यहि जेठ २५ गते अपराह्नबाट शुरु भएको ञ्युङ्ने ब्रत अन्र्तगत २६ गते सोज्योङ ब्रत, २७ गते मौन ब्रत र २८ गते गणचक्र पूजा, छोग प्रसाद ग्रहण लगायतका कार्यक्रमहरु सम्पन्न भयो ।

धर्मगुरु खेन्पो कुन्साङ गोले तथा उहाँका शिक्षार्थीहरुद्धारा आयोजित ञ्युङ्ने ब्रतमा काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही लगायतका जिल्लाबाट संयौ उपासक उपासिका, शिक्षार्थी तथा श्रद्धालुहरु सहभागि भएका थिए ।

ञ्युङ्ने ब्रत शुद्ध मनले ध्यान साधना, पूजापाठमा केन्द्रित हुन्छ । खानपिन बन्द गरेर अष्टशिलको पालना गरेर ध्यान साधना गरिन्छ ।

बुद्ध धर्म अनुसार एक चोटी मात्रै ञ्युङ्ने ब्रत वस्नाले पनि ४० हजार कल्पको पाप कटिने, देव र मनुष्यको उत्तम जन्म पाउने विश्वास रहिआएको छ ।

साथै ञ्युङ्ने ब्रतको लागी दान गर्नाले, भोजन दान गर्नाले दान गर्ने व्यक्ति त्रि–दुर्गतिमा जन्मनु नपर्ने , रोग,हिंसा र अनिकालको समयमा कहिल्यै जन्म लिन नपर्ने विश्वास आस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस !