बेलायत–नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा १६औ अभिव्याक्ति शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । आसफोर्ड स्थित साइमन चर्चहलमा गत गत शनिबार सम्पन्न कार्यक्रममा वरिष्ठ कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे प्रमुख आतिथि रहेको कार्यक्रममा नेपाली भादगाउले टोपी र ताम्रपत्रले स्रस्टा देबेन्द्र खेरेसलाई सम्मान गरिएको थियो ।

झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा खेरेसले १५ थान आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई मन्त्रमुक्ध बनाउनुभएको भएको थियो । रचना प्रस्तुतीको लागि सशक्त युवा कविहरू निर्भीकजंग रायमाझी र अन्जु अन्जलीको साथ थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथि राजदुत घिमिरेले खेरेसका कविताहरू सुनेर एक अग्रेंजी भनाई “तिमीसंग घडी छ तर हामीसंग समय छ” को सम्झना आएको वताउनुभयो । उक्त भनाईको मर्मलाई कविताले बोकेको पाएको उहाँको भनाई थियो ।

कतै कविले बिगतलाई बोकेर हिडेको त हैन भन्ने प्रस्तुत कविताहरूमा महसुस गरेको बताउँदै उहाँले भन्नुभयो,–‘मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न सकिदैन । त्यो छोड्न नसक्नुको भाव छ, त्यो कवितामा ओतप्रोत भएको पाएँ ।’

कार्यक्रमका सभापती टंक वनेमले कवि देवेन्द्र खेरेसको सृजनात्मक यात्राको संक्षीप्त परिचय दिदै प्रवास जीवन भोगाईका पाटाहरूलाई कवितामा उतारेको वताउनुभयो । कार्यक्रममा आमत्रित बिभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौदिक व्यक्तित्वहरू र पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थित रहेको थियो ।

१६औ अभिव्यक्ति शृङ्खलाका सभापती र प्रमुख अथितिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा संस्थाद्धारा प्रकाशीत वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ लोकापर्ण गरिएको थियो ।

कृतिको बेलायतका लागी नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरे र प्रतिष्ठानका अध्यक्ष टंक वनेमले लोकार्पण गर्नु भएको हो । उक्त कृतिमा बिभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।

दोस्रो भागमा सस्थाका महासचिव गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिदै स्रस्टाका बायोग्राफी पढेर सुनाउनु भएको थियो साथै हाल सम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाउनु भएको थियो ।

पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका कृतिहरू रूङ्रीको बयान र नदी किनारा ९कवितासङ्ग्रह २०६५० र कोलम्बस यात्रा कवितासङ्ग्रह २०७५० प्रकाशित छन् ।

कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुनुहुन्छ । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उहाँका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् ।

प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पीत कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझन सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।

उहाँका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाइएको छ । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारिएको । उहाँका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा १६ ओटा नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष टंक वनेमले १६औ अभिव्याक्ति शृङ्खलाको स्रस्टा र बिभिन्न संध सस्था र कार्यक्रमलाई सफल र भब्य पार्न ब्यक्ति व्यक्तित्वहरूले ब्यवस्थापन र पा्रयोजन गरेर सहयोग पुर्याई दिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकाल देखी बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !