
काभ्रेपलाञ्चोक‐चौरीदेउराली गाउँपालिका वडा नं. ७ मादन कुँडारी स्थित घ्याङडाँडामा बज्र किलाया एवं विश्व शान्ति पूजा सम्पन्न भएको छ ।
धर्म गुरु टुल्कु साङ्गे शेडुब तेन्जिन रिम्पोछेको उपस्थितिमा उहाँद्धारा आयु अभिषेक(छेवाङ) कार्यक्रम समेत राखिएको पूजा गत शुक्रबार र शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।
पूजा तथा छेवाङमा मादनका साथै छिमेकी गाउँहरुका श्रद्धालुहरुको उल्लासपूर्ण उपस्थिति रहेको स्थानीय बुद्धिजीवि ज्ञान बहादुर लामाले जनाउनुभयो ।
उहाँका अनुसार करीव ३ सयले धर्म गुरु टुल्कु साङ्गे शेडुब तेन्जिन रिम्पोछबाट आयु अभिषेक ग्रहण गरेका छन् ।
बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ बज्रकिलायाको पाठ तथा पूजा सम्भवत जिल्लामै पहिलो पटक आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।
बज्रकिलायाको पाठ तथा पूजा गर्दा अवरोध हट्ने,आन्तरिक शान्ति मिल्ने,आध्यात्मिक शुद्धिकरण हुने,आध्यात्मिक प्रगाति हुने विश्वास रहि आएको आयोजक प्रमुख पासाङ लामाले बताउनुभयो ।
पूजा तथा वाङ कार्यक्रमका झलकहरु : फोटो सौजन्य