काभ्रेपलान्चोक – तेमाल गाउँपालिका वडा नम्बर २ को नव निर्मित तीन तले वडा कार्यलय भवन उदघाट्न तथा जेष्ठ  नागरिक  सम्मान कार्यक्रम बिहीबार चुखामा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि काभ्रे क्षेत्र नम्बर १ का साम्सद एवं पुर्व राज्य मन्त्री माननीय (लाल ध्वज ) सुर्य मान दोङले भवन विधिवत रुपमा उदघाट्न गर्नु भएको हो ।


कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डि एम ) विशिष्ट अतिथि  रहनु भएको थियो। प्रमुख अतिथि दोङले पुर्व वडा अध्यक्ष  तिमाल सिंह तामाङको पालामा आफ्नै हातबाट शिलान्यास गरेको यो वडा भवन आज आफैले उदघाटन गर्न पाउदा खुसी व्यक्त गर्दै दुबै अध्यक्ष हरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै जनयुद्ध दिवसको अवसर शुभकामना दिनुहुदै जनयुद्ध समयमा शहिद हुनु भएका सोही वडाका सुकुमान तामाङ कमल र सेते तामाङ नदि जस्तो शहिदले गरेका बलिदानले गर्दा नै यो ब्यबस्था आएको र परिवर्तन भएकोमा उहाहरुको कदर गर्दै इतिहास निर्माता शहिद परिवार र जेष्ठ नागारिकहरुलाई दोसल्ल ओडाएर सम्मान गर्नु भयो ।

 

त्यस्तै पालिका अध्यक्ष तामाङले आफुहरुले भवनलाई सक्दो बजेट बिनियोजीत गरेको र आगामीआर्थिक वर्षहरूमा यस वडालाई मजबुज बनाउन विषेश रुपमा बजेट बिनियोजन गर्न लागि पर्ने बताउनु भयो । साथै तेमाल गाउँ पालिका भित्रका जेष्ठ नागारीकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बेलाबेलामा स्वास्थ्य शिविर सन्चलान गर्दै आइरहेको बताउनु भयो । विशेष गरि जेष्ठ नागारिकहरुमा आँखाको समस्या बढी मात्रमा देखेकोले उपचार सहज बनाउन पालिकामा नै तिल गङगा आँखा अस्पताल र तेमाल गाउँपालिकाको संयोजनमा तेमाल गाउँपालिका ग्रामीण आँखा अस्पताल निर्माण भैसकोले ढुक्कसँग उपचार गर्नु हुन पनि अनुरोध गर्नु भयो ।

त्यस्तै गरि कार्यक्रममा उपाध्यक्ष थोकरले बाढी पहिरो जस्तो विपतमा पनि आफुहरु स्थानीय बासि संगै दु:खमा साथ  दिन उभिएको स्मरण गराउनु हुँदै जनताको हरेक समस्यामा पालिका सरकार रहेको बिश्वास व्यक्त गर्नु भयो।

 

 

 

 

यसै गरि वडा अध्यक्ष देवराज तामाङले तीन तले भवनमा बैठक हल सहित सामुदायिक स्वास्थ्य इकाई चुखाको कार्यलय समेत यसै भवन बाट ब्यवस्थित रुपले सेवा प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा सस्युखर्क सामुदायिक स्वास्थ्य इकाई चुखाका प्रमुख लालमाया घलानले उपस्थित सम्पुर्णलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष तिमाल सिङ तामाङ, पुर्व सस्युखर्क गाबिसका अध्यक्ष संग्राम सिङ तामाङ लगाएत नेताहरू, पत्रकार  एवं  शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय सस्कृती झल्किने लामा, बोन्बो,मादले, डम्फुरे लगाएत तामाङ चलचित्र निर्देशक तथा महानायक अमीर दोङ, बिहिन दोङ, अनु मोक्तान लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !