काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट जारी भएका अध्यादेश फास्टट्रयाकबाट पारित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएकाले यसलाई बदनीयत नभन्न आग्रह गरे ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !