
धुलिखेल-आगामी चैत १४ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन काभ्रेमा हुँदैछ ।
जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सो सम्मेलन हुन लागेको हो ।
मंगलबार आयोजित पत्रकारहरुसगको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले सम्मेलनको तयारीमा आफुहरु तीब्ररुपमा लागि परेको बताउनु भयो ।
चैत १४ गते काठमाडौं विश्वविद्यालय परिसरमा उद्घाटन हुने समारोहमा १ लाख भन्दा बढी युवाहरूको उपस्थिति गराउन लागेको उहाँको भनाई छ ।
सम्मेलन अवधीमा विभिन्न मुलुकबाट करिव ३ लाख युवाहरुलाई अवलोकन गराउने लक्ष्य तय गरिएको प्रमुख गौतमले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने सो सम्मेलनमा विभिन्न मन्त्रालयका मन्त्रीहरुका साथै नेपालका ७ सय ५३ ओटै स्थानीय तहको प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।