काठमाडौं–कलाकार रोशन तामाङ र रजनी दोङको अभिनयमा तयार भएको म्युजिक भिडियो ‘सुस्तरी’ सार्वजनिक भएको छ । भिडियो हालै रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

पछिल्लो समय म्युजिक भिडियोमा बढी ब्यस्त रोशनले गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको आवाज रहेको गीतको भिडियोमा आफ्नो सशक्त अभिनय कला पस्किनुभएको छ ।

तामाङ भाषामा बनेको तिल्दा , तिङला पुजु , खाइराङबा माया जस्ता चलचित्रमा अभिनय गरीसकेको रोशनको यो नेपाली प्रेम गीत भिडियो हो ।

इन्द्र लामाको शब्द रचना, कर्साङ लामाको संगीत संयोजन रहेको गीतको भिडियो परिकल्पना पनि रोशनकै रहेको छ भने निर्देशन मन्दिप रानाले गर्नुभएको हो । साथै क्यामेरामा राहुल राई, इडिट कलर दिनेश कोइरालाको रहेको छ ।

अन्जु ब्लोनको प्रस्तुतिको रुपमा रहेको गीतको भिडियोमा रोसन तामाङ , रजनी दोङका साथै अमृत लामालाई पनि देख्न सकिन्छ ।
भिडियोमा लामो समय सम्म विद्यमान प्रेमीप्रेमीकोको प्रेम अन्नतः विविध कारणले वियोगमा पुगेको मार्मिक कथा पस्किएको छ ।

बिगत लामो समय देखि कलाकारिता गर्दै आइरहनुभएका नायक तथा तामाङ चलचित्र संघ बागमती प्रदेशका उपाध्यक्ष रोशनको दुई दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेका छन् ।

भिडियो यस्तो छ :

प्रतिक्रिया दिनुहोस !