
काभ्रे । रिटर्नी फेडेरेशन नेपाल काभ्रेको अध्यक्षमा रामकृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पनन फेडेरेशनको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा दिपक खड्का र आक्रोश तामाङ, सचिवमा विजय गौतम, उप–सचिवमा हरि उप्रेती र विकास कुमार वाइवा, कोषाध्यक्ष यज्ञप्रसाद डोटेल लगायत निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुल बास्कोटाले विदेश गएर फर्केकाहरुको सिप नेपालमै सदुपयोग गर्नुपर्ने बताएका थिए ।
पोलिटब्युरो सदस्य बास्कोटाले विदेश गएर नेपाल फर्केकाहरुलाई संगठित गरेर नेपालमै केहि काम गर्न बनेको संस्थालाई सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नै देशमा रामा्रे काम गर्न अझै प्रयास गर्न सुझाव दिएका हुन् । बास्कोटाले भने, उहाँहरुसँग पुँजी पनि छ, सिप पनि छ नेपालमै सदुपयोग गर्नका लागी उहाँहरु संगठित भएर लाग्नु भएको छ त्यसमा आफ्नो सहयोग रहन्छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, रिटर्नी नेपालका केन्द्रिय महासचिव जेपी सापकोटा, प्रदेश अध्यक्ष हेम राई, नेकपा एमाले जनसंगठन प्रमुख प्रमुख प्रकाश रोक्का, ईन्चार्ज सुर्दशन हुमागाई, पूर्व प्रदेश सांसद् चन्द्र लामा, रिटर्नी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज श्रमदिप चौंलागाई लगायतको उपस्थिति रहेको थियो ।
दिपक चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भने सदस्य श्रीराम थापाले राखेका थिए ।