काभ्रेपलाञ्चोक–विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकाहरुले पोशाक, स्टेसनरी देखि सरसफाइका सामान पाएका छन् ।

विहिबार विद्यालय पुगेर ती संस्थाका प्रतिनिधीहरुले विद्यालय पोशाक, झोला, स्टेसनरी, जुत्ता, मोजा, टोपी, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरिएको हो ।

लायन क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ जीका चिफ डिष्ट्रिक एड्मिनिष्ट्रेटर लायन इन्द्रकुमार श्रेष्ठ एमजेएफ र डिष्ट्रिक हेल्थ चेयर पर्सन माधव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारी, समाजसेवी अनुप लामिछाने लगायतले ती सामाग्री विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा लायन इन्द्रकुमार श्रेष्ठले ग्रामिण भेगको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा सहयोग निरन्तर गर्ने विद्याल बताउनुभयो ।

माधव थापाले विद्यालयको भौतिक पूर्वाधार सुधार लगायतका काममा सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीले विद्यालयको दुरावस्था र आवस्यकताका कारण दातासंग सहयोगको लागि पहल गरेको बताउनुभयो ।

रोटरी क्लव अफ काभ्रे बनेपाले सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट) का साथै मञ्जन, बस्र जस्ता सरसफाईका सामाग्री, लायन्स क्लव अफ भक्तपुर स्टार फेमेली र लायन्स क्लव अफ काभ्रे शंखुले विद्यालय झोला, सबल स्टेसनरी बनेपाले स्टेसनरी सामान, एनआइइसी बनेपाले जुत्ता, मोजा र सम्पूर्ण ड्रेस हाउस बनेपाले टोपी सहयोग गरेका हुन् ।

सहयोग वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइत सिं तामाङ, प्रधानाध्यापक प्रभा आचार्य, शिक्षक दिनेशप्रसाद अधिकारी लगायतले विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने सबै संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

समाचार/फोटो सौजन्य : नगेन्द्र अधिकारी

प्रतिक्रिया दिनुहोस !