झापा । गायक मानदेव ताजपुरियाको नयाँ लभ स्टोरी गीत ”ओ मेरी जानु” आज अंग्रेजी नयाँ वर्षको दिन सार्वजनिक भएको छ ।
समाजसेवी डा. धर्मेन्द्र कुमार शाहको मार्मिक शब्द रहेको उक्त गीतमा स्वर तथा संगीत भने ताजपुरियाकै रहेको छ । गीतमा एरेञ्ज महेश बिक्रम पाण्डे, निर्देशन कृष्ण तामाङ,सम्पादन ललिल साउद र रेकर्डिङ अब्राहम स्टुडियो मलेसियाले गरेको छ ।
अर्जुनधारा र दुधे बजारमा छायांकन गरिएको उक्त भिडियोमा सुबास मेचे र बिनिता अधिकारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । प्रतिभाहरुलाई उजागर गर्नका लागि नेपाली गीत संगीतमा थोरै भए पनि सहयोग गर्ने उद्देश्यले गित प्रस्तुत गरिएको बताउने झापा निवासी शाहका यसअघि पनि ‘पहिलो भेटमै नजर जुुध्यो’, ‘जादैछु प्रिय’ बोलको गीत सार्वजनिक भैसकेको छ ।
आफ्नो जन्मस्थान र पर्यटन प्रवद्र्धन गर्नका लागि आफ्ना गीतहरुले सहयोग पुग्ने उनको अपेक्षा छ । गीतको मिक्सिङ्ग मास्टरिङ्ग भने ऐ लेबल स्टुडियो काठमाडौंमा गरिएको छ । यस गीत अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो नेपाली गीत भएको डा.शाह बताउँछन् ।  उक्त गित डा. शाहको आफ्नै  युट्युव च्यानल डा. धर्मेन्द्र मार्फत सार्वजनिक भएको छ ।
https://youtu.be/KBneh-K3JLU

प्रतिक्रिया दिनुहोस !