काभ्रे । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या आरोपमा प्रहरीले ज्वाइँ २८ वर्षीय शुकवहादुर तामाङलाई पक्राउ गरेको हो ।
गत मंसिर ३० गरे तिनमाया आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।सासुआमा तिनमाया तामाङले आफूलाई गाली गर्ने गरेकोले हत्या गरेको शुकवहादुरले स्वीकार गरेका प्रहरीको भनाइ छ ।
शुकबहादुरले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।पुस ५ मा पक्राउ परेका शुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।