काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा आज शोक विदा दिइएको छ ।

रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधनमा आज पालिकाभर शोक बिदा दिइएको हो । क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !