![](https://namobuddhakhabar.com/wp-content/uploads/2024/12/collage.png)
काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चाेकको आयोजनामा मेथिनकाेट अस्पतालमा म्याग्दीका विभिन्न स्थानमा स्थायी तथा अस्थायी परिवार नियोजन शिविर संचालन भएकाे छ ।
नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा सम्पन्न परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन्
नेपाल परिवार नियोजन संघ काभ्रेपलान्चोक शाखा बनेपाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको समन्वयमा भएको शिविरमा ७ जनाको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी), ७ जनालाई अस्थायी साधन (आइ.यु.सि.डी र इम्प्लान्ट) राखिएको र ६ जनाको इम्प्लान्ट निकालिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयाे ।
यसैगरी, शिविरमा ६५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियाे भने निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठ, डा. विराट आचार्य लगायतका चिकित्सक, मेथिनकोट अस्पतालका डाक्टरहरूका साथै नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका स्वास्थ्य प्रतिनिधिहरुले सेवा दिएका थिए ।
परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले स्वास्थ्य कार्यालय काभ्रेले विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’ संञ्चालन गर्दै आएकाे छ ।