काठमाडौं–सरकारले गत साता अविरल वर्षासँगै गएको बाढी पहिरोको क्षतिको राहत उपलब्ध गराउने गृहकार्य थलोको पाईएको छ ।

बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकता अनुसार बजेट उपलब्ध गराउने तयारी संघीय सरकारले गरेको हो ।

कतै धेरै कतै थोरै क्षति भएको अवस्थामा सो क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताउनुभएको हो ।

बाढी पहिरोबाट भएको क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने उल्लेख गर्दै मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी समेत दिनुभयो ।

file photo

प्रतिक्रिया दिनुहोस !