पोखरा–तामाङ बौद्ध सेवा समिति पोखरा–१३, संगमटोलको नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको शनिबार आयोजित ३७ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पुनः विष्णु योञ्जन तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
उपाध्यक्षमा अमर घरा,सचिव शान्ति तामाङ,सह सचिव बुद्धिमाया तामाङ,कोषाध्यक्ष हर्कसुबा न्हेगी,सदस्यहरुमा बोस बहादुर पाख्रिन,शेर बहादुर स्याङबो,लिला तामाङ,आस बहादुर स्याङबो,चित्र बहादुर थिङ,धनराज डिम्डुङ,तिर्थमाया लामा,राम बहादुर लोप्चन र डिलप्रसाद तामाङले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
अधिववेशन गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले आदिवासी जनजातिहरु हरेक कुराले समृद्ध भएता पनि देशको प्रशासनिक क्षेत्रमा पहुँच पुर्याउन भने पछाडि नै रहेको वास्तविकता प्रस्ट्याउनुभएको थियो । तामाङ बौद्ध सेवा समितिको नयाँ समितिको नेतृत्वले अब यो समाज मात्र होइन राजनीतिमा पनि होमिएर देश हाँक्ने हिम्मत राखोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभयो ।
नवनिर्वाचित तामाङ बौद्ध सेवा समितिका पदाधिकारीलाई ५ सदस्यीय निर्वाचन मण्डलका संयोजक रामप्रसाद सम्देनले सपथ ग्रहण गराउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएकोथियो । दोस्रोपटक पुनः नेतृत्वको जिम्मेवारी लिनुभएका योञ्जनले अगाडी रहेको चुनौतीको सामना गर्दै अझै आफ्नो समुदायको निम्ति कर्तव्यनिष्ठ भएर अघि बढ्ने प्रतिबद्धता जनाउननुभएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दीपक वाईबा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका सचिव मिनमाया तामाङ,बुद्ध जयन्ती समारोह समिति कास्कीका अध्यक्ष टेक बहादुर तामाङ,संस्थाका सल्लाहकार ताम्बा नासु रामप्रसाद सम्देन,घेदुङ महननगर पोखराका सचिव अन्जना डुम्जन,तामाङ बौद्धसेवा समितिका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो,बुद्धि बहादुर रुम्बा,आमा समुहकी अध्यक्ष सीता सम्देन लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा सचिव पवित्रा तामाङले संस्थाको वार्षिक कार्यप्रगती प्रतिवेदन र कोषाध्यक्ष बुद्धि तामाङले आ.व. २०८०/०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा उक्त प्रतिवेदन भेलाले अनुमोदन गरेको थियो ।
Photo : Tamang Dim