काठमाडौं‐देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको अध्यक्ष,महासचिव,सचिव लगायतका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
अध्यक्षमा निवर्तमान अध्यक्ष अर्जुन गिरी दोहोरिनुभएको छ भने महासचिवमा बन्दना दनुवार र सविचमा भक्त स्याङ्तान सर्वसम्मत हुनुभएको छ ।
ललितपुरमा चलिरहेको अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्ष मधेसीमा नविन नरसिंह नेपाली, उपाध्यक्ष दलितमा गोपाल बराइली पनि सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक सुवोध बाबु चिलुवालले जानकारी दिनुभयो ।
कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यहरुका लागि आइतबार निर्वाचन हुदैछ । दिउँसो १ बजेपछि हुने मतदानबाट कार्यसमितिका पदाधिकारीको टुङ्गो लाग्ने निवर्तमान महासचिव किशोरजङ्ग थापाले जानकारी दिनुभयो ।
अकोराबका पदाधिकारीमध्ये उपाध्यक्ष महिला पदमा मिना गुरुङ र खेमकुमारी पोखरल, उपाध्यक्ष आदिवासीमा मिलन गाहा, पुष्पा चौधरी र कोषाध्यक्ष पदमा तुला अधिकारी, रामनारायण सुवेदीको उम्मेदवारी परेको छ ।
४ जना केन्द्रीय सदस्य खुल्लातर्फ ८ जनाको उम्मेदवारी परेको छ भने ३ जना केन्द्रीय सदस्य महिला पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
२ जना केन्द्रीय सदस्य मधेसी र मुस्लिम पदका लागि ३ जना, २ जना केन्द्रीय सदस्य जनजाति पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । उहाँका अनुसार अनुसार १ जना केन्द्रीय सदस्य दलित पदमा हेमन्तबहादुर बिके पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्य (अल्पसङ्ख्यक÷फरक लैङ्गिक÷शारीरिक क्षमता भएको) मा भने उम्मेदवारी परेको छैन ।
सदाचार समितिको सदस्य २ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । अकोराबको प्रदेश समितितर्फ कोशी प्रदेश अध्यक्षमा टेकबहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिला, सचिव, कोषाध्यक्ष, सदस्य महिला र खुल्लासँगै लेखा समित संयोजक, २ सदस्य पदका लागि उम्मेदवारी परेको छैन ।
मधेस प्रदेशमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने १ जना प्रदेश सचिव पदका लागि २ जना, कोषाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिला पदमा भने रिना आले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेश सदस्य महिलातर्फ कसैको उम्मेदवारी परेको छैन भने २ जना प्रदेश सदस्य खुल्लामा सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा प्रह्लाद साह सर्वसम्मत निर्वाचित हुनुभएको छ । तर २ जना सदस्य पदमा भने उम्मेदवारी परेको छैन ।
बागमती प्रदेश अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष महिला पदमा उम्मेदवारी परेको छैन । प्रदेश सचिव १ पदका लागि २ जनाको उम्मेदवारी परेकामा कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । प्रदेश महिला सदस्यमा उम्मेदवारी परेको छैन भने खुल्लातर्फ २ जना पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
बागमती प्रदेश लेखा समिति संयोजकमा २ जनाको उम्मेदवारी परेकामा २ जना लेखा समिति सदस्य पदका लागि उम्मेदवारी परेको छैन ।
गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश उपाध्यक्ष महिलामा शान्त थापा, प्रदेश सचिव १ जना पदका लागि २ जनाको, सचिव १ पदका लागि २ जना, काषाध्यक्ष पदमा तीर्थ केसी सर्वसम्मत हुनुभएको छ ।
प्रदेश महिला सदस्य पदमा उम्मेदवारी परेको छैन भने गण्डकी प्रदेश सदस्य खुल्ला पद २ जनाका लागि शिवकुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । प्रदेश लेखा समिति संयोजक र सदस्यमा उम्मेदवारी नै परेको छैन ।
लुम्बिनी प्रदेश अध्यक्ष पदमा नविन केसी निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिला रीमा सोमै, प्रदेश सचिव १ पदका लागि ३ जना, लुम्बिनी कोषाध्यक्षमा प्रकाश घिमिरे निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेश सदस्य महिलामा उम्मेदवारी परेको छैन भने प्रदेश सदस्य खुल्ला २ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश लेखा समितितर्फ कसैको उम्मेदवारी परेको छैन ।
कर्णाली प्रदेश अध्यक्ष पदमा प्रतीक इच्छुक शर्मा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिलामा प्रिमा कुमारी वि।क, सचिवमा यामलाल कँडेल, कोषाध्यक्ष पदमा बालकुमार शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेश सदस्य महिलामा उम्मेदवारी परेको छैन भने प्रदेश सदस्य खुल्लामा १ जना निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा कमलकुमार रावत निर्वाचित हुनुभएको छ । सदस्य पदमा उम्मेदवारी परेको छैन ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिला पदमा प्रतीक्षा थापा, सचिवमा अमरराज भट्टराई, कोषाध्यक्ष पदमा विक्रमबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
सदस्य महिला पदमा उम्मेदवारी परेको छैन भने सदस्य खुल्लामा ध्रुवराज ओझा र लक्ष्मण बि।सी निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा ३ जनाको उम्मेदवारी परेको छ भने सदस्य पदमा उम्मेदवारी परेको छैन ।
सिआईएन खबर