photo : Nepal Press
काठमाडौं–पार्टीको महामन्त्री भई सशक्त जिम्मेवारी निर्वाह गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाललाई अन्तत : निष्कासित गरिएको छ ।
पार्टीको आन्तरिक समस्या बाहिर बहसमा ल्याएको आरोपमा निलम्बनमा परेका महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाउने निणर्य गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
ढकालमाथि लागेको आरोपका विषयमा पार्टीले पटकपटक स्पष्टीकरण सोध्दा पनि ढकालले चित्तबुझ्दो जवाफ नदिएको निष्कर्ष निकालिएको प्रवक्ता झाले बताउनुभयो ।
पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरिएको रास्वपाको दाबी छ ।