काठमाडौं–गएरातिदेखिको भीषण वर्षाका कारण बल्खुस्थित बागमती नदीमा बाढी उर्लिंदा नदी किनारमा रहेको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।
बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताउनुभयो ।
मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् । बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बर्षापछि उपत्यकास्थित नदीरखोलाहरू कतिपय बस्तीमा पसेका छन् । जस कारण विभिन्न स्थान जलमग्न भएका छन् ।
बाढी र डुबानमा परेकाहरुको प्रहरीले अहिले उद्धार जारी राखेको छ ।
महानगर प्रहरीका अनुसार अहिलेसम्म बाढी तथा डुबानमा फसेका ७५ जनाको उद्धार गरिएको छ भने उद्धार गर्ने क्रम अझै जारी रहेको महानगर प्रहरीले जनाएको छ ।
photo : nepalkhabar.com