दक्षिण कोरिया–दक्षिण कोरियाको सियोलमा भएको विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालले कास्य पदक जितेको छ ।
फाइट (ख्यरुगी) ६२–६६ तौल समुह अन्र्तगत सेमिफाइनलमा नेपालका राजकुमार दराइले ब्राजिलका खेलाडी भिक्टोर मेन्डोन्का संगाई लाई पराजित गर्दै कास्य पदक चुम्न सफल हुनुभएको हो ।
दाराइले (पुम्से र स्प्यारिङ ६२–६६ केजी)तौल समुहमा कास्य पदक प्राप्त गर्नुभएको सहायक प्रशिक्षक विजय तामाङले जनाउनुभयो ।
दराइ राष्ट्रिय तेक्वान्दो संघ–नेपाल चितवन फाइट क्लबका अध्यक्ष,नेपाल तेक्वान्दो चाङ्मुकवान महासंघका महानिर्देशक समेत हुनुहुन्छ ।
जुन २९–३० दुई दिन चलेको प्रतियोगितामा नेपालको तर्फबाट एक मात्र खेलाडी सहभगी भएका थिए । नेपालको लागी कोच रोहित राजवंशी,सहायक प्रशिक्षक विजय तामाङ र अफिसियल मेनेजरमा धीरेन लामा रहनुभएको थियो ।