लोक बहादुर लामा
काभ्रेपलाञ्चोक–काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद,पूर्व उर्जा राज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यमान दोङ (लालध्वज) नेतृत्वको टोलीद्धारा रोशी गाउँपालिका वडा नं. ४ सानो पोंठाका आगलागी पीडितहरुका लागि राहत सामाग्री वितरण गरिएको छ ।
दोङका साथै बागमती प्रदेश सभाका सदस्य,बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा प्रमुख सचेतक रत्न ढकाल,रोशी गाउँपालिका उपाध्यक्ष एवं युवा नेता मिम बहादुर वाइबा(ज्वाला) लगायतका माओवादी नेताहरुको टोलि राहत बोकेर आगलागी पीडितहरुको बस्तीमै पुगेका हुन् ।
आगलागीबाट पीडित भएका १५ घरधुरीलाई रोशी गाउँ पालिकाका उपाध्यक्ष मिम बहादुर लामा (ज्वाला) को समन्वयमा अस्थायी आवास निर्माणका लागि हालै आवश्यक सिमेन्ट,फलाम तथा जस्ता पाता जस्ता निर्माण सामाग्री वितरण गरिएको हो ।
पीडितहरु सँगको भेटमा सांसद द्वय दोङ र ढकालले आफुहरु यस घटनाबाट निकै दुखी भएको बताउदै सरकारले दिने बिपत राहत कोषबाट उपलब्ध हुने सहयोग उपलब्ध गराउन छिटोभन्दा छिटो पहल गरिने वचन दिनुभयो ।
समयमै आवास निर्माण गर्ने नसकेको खण्डमा पिडितहरुलाई बर्खा कटाउन मुस्किल हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउने सांसद द्धयको प्रतिवद्धता थियो ।
नेताहरुले दिएको राहत र प्रतिवद्धता आफूहरुले मलमको रुपमा महसुस गरेको भन्दै पीडितहरुले समयमै आफूहरुको पुनःस्थापनामा सहयोग गर्न अनुरोध गरेका छन् ।
गत बैशाख १८गते नजिककै को सामुदायिक वनबाट फैलिएको आगोले रोशी गाउँपालिकाको वडा नंंं. ४ मा आगलागी भई १५ओटा वटा घर तथा एक सामुदायिक बिद्यालयमा समेत पुर्ण रूपमा क्षति पुगेकोको थियो । दिउँसोको समयमा आगो लागेको कारण मानवीय क्षति हुनबाट भने जोगिएको थियो ।