ताल्ढुगां–काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिकामा अन्तरिक राजस्व अभिवृद्धि सम्बन्धी २ दिने कार्ययोजना निर्माण कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।

गोष्ठीमा गाउँपालिकाको अर्थ व्यवस्थाको समग्र पक्षको अध्ययन एवं विश्लेषण,गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नुपर्ने राजस्व नीति निर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनहरूमा गर्नुपर्ने सुधार,करका दरहरूमा पुनरावलोकन कर प्रणालीमा सुधार, करको दायरा विस्तार, राजस्व प्रशासनको संगठनात्मक संरचना सुधार लगायतका विषयहरूमा सल्लाह, सुझाव र पृष्ठपोषण संचालन गरिएको थियो । यसरबारे गाउँपालिकाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई पुरुषोत्तम नेपालले सहजिकरण गर्नुभएको थियो ।

आन्तरिक राजस्व अभिवृद्धी सम्बन्धी कार्ययोजना निर्माण कार्यशाला गोष्ठीले राजस्व सम्बन्धी बढी ज्ञान दिएको उल्लेख गर्नुहुदै गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले यसलाई व्यवहारिक रुपमा समावेश गरेर लैजाने बताउनुभयो ।

सेवा प्रदान गर्नु सरकारको कर्तव्य र कर तिर्नु नागरिकको दायित्व भएको उहाँको धारणा छ । ससांरको कुनै पनि देश चल्ने मुख्य पक्ष कर नै भएको जनाउँदै अध्यक्ष थिङले गाउँपालिकामा स्थानीय रुपमा उत्पादन हुने कफी, खुवा, गिठ्ठी, डुङ्गा लगायत सबैमा कर तिर्ने वातावरण बनाउनुपर्ने औंल्याउनुभयो । गाउँपालिकाको विकासका लागि नागरिकको जिम्मेवारी करको माध्यमबाट महत्वपूर्ण रुपमा जोडिने उहाँको धारणा छ ।

उहाँका अनुसार खानीखोला गाउँपालिकामाका बढी उत्पादन हुने कफी, खुवा,कृषि , पशुपालन ,रहेको छ । यहाँका मुख्यत खुवाको उत्पादन हुने गरेको देखिन्छ । बार्षिक १०–१२ करोडको कारोबार खुवाबाट मात्रै हुने तथ्यांक रहेको छ । त्यस्तै गाउँपालिकामा बार्षिक ७ करोड भन्दा बढीको कफी उत्पादन भएको पाईएको छ । खानिखोला भित्र रहेको विभिन्न किसिमका उत्पादन व्यापार, व्यवसाय ,कृषि पशुपालन व्यवसाय र कृषि क्षेत्रमा कफिमा अनुदान दिदै आएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी प्रशासकीय अधिकृत जीवन गैरे, नेकपा माओवादी केन्द्रको महिला नेतृ मिना पाख्रिन, एमाले नेता शेखर लामाका साथै सुन्तली थिङ, राजन अधिकारी,वडा अध्यक्ष निशान मोक्तान,राजस्व विभाग संयोजक तथा वडा नः ५ का सचीव चण्डीका थापा,सागर लामा, बुद्धि बहादुर स्याङ्तान,बृहस्पति घिसिङ, टीका अविरल लगायत गाउँपालिकाका विषयगत शाखा प्रमुखहरू, बैंक तथा वित्तिय संस्था लगायत सहकारी संस्थाका प्रतिनिधिहरु,उद्योग, कलकारखान र निर्माण व्यवसायीहरू, कफी, खुवा र होटल व्यवसायीहरू, विभिन्न पेशागत संघ–संस्था,आयोजना तथा कार्यक्रमका प्रतिनिधि, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, पत्रकार र नागरीक समाजका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !