ललितपुर–महांकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङ कपिराममा रहेको बागमति आधारभुत विद्यालयका बालबालिकाहरुले बि एन्ड बि कन्सलटेन्सीद्धारा शैक्षिक सामाग्री पाएका छन् ।
काभ्रेको बनेपामा रहेर विगत दुई दशकदेखी शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको यस कन्सलटेन्सीले दुर्गम क्षेत्रका सय भन्दा बढि विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
गरिबीका कारण कुनै पनि बालबालिका पढाईबाट वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यका साथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको कन्सल्टेन्सीकी म्यानेजिङ डइरेक्टर एवं मौसमी फाउन्डेसनकी सस्थापक अध्यक्ष मौसमी लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रवार एक कार्यक्रमको आयोजना गरी बालविकास देखि कक्षा ८ सम्मका न्युन आय भएका बालबालिकालाई झोला, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरिएको हो । अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने लामाको भनाई छ ।

शैक्षिक सामग्री पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने महाँकाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष होम प्रसाद बजगाईले बताउनुभयो । कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उहाँको भनाइ छ ।

बाल विकास कक्षादेखि ८ सम्मका बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरुलाई सिकाई वातावरण सिर्जना गर्न सहजताको लागि शैक्षिक सामाग्री सहयोग गरिएको बि एण्ड बि कन्सलटेन्सीका डाईरेक्टर साङगे लामा (पदम) ले बताउनुभयो ।

उहाँले एकता र भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आवश्यकता रहेको धारणा राख्नुभयो । आफु जन्मेको हुर्केको गाउँ र पढेको विद्यालयका बालबालिहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुहुदै उहाँले गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ यस खालको कार्यक्रमहरु गर्दै आएको बतउनुभयो । उहाँले आफूहरु यहाँका बालबालिका तथा दुर्गम बासीको सारथि बन्न तयार सदैव तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

एक सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयका विव्यस अध्यक्ष तुल बहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिब समाजसेवि प्रबिन कुमार बल, वडा अध्यक्ष होम प्रसाद बजगाई, वडा सदस्य राज कुमार घिमिरे, संचारकर्मी एवं ब्यबसायी कर्म लामा लगायतको समेत बिशेष उपस्थिति रहेको थियो । ‘














