लाल ध्वज तामाङ :
तेमाल–काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङको पहलमा वडा नं. ३ का स्थानीय किसानहरुलाई बाख्रा वितरण गरिएको छ ।
वडामा बिहिबार आयोजित एक कार्यक्रमका बीच २२ किसानलाई १/१ वटा का दरले २२ वटा बाख्रा वितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानहरुलाई प्रोत्साहनका लागि वडा अध्यक्ष तामाङको पहल कदमीमा बागमती प्रदेश सरकारको अनुदानमा स्थानीय किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
वडा अध्यक्ष तामाङले व्यवसायिक बाख्रा पालनमार्फत किसानको आर्थिक जीवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको बताउनुभयो ।
बाख्रा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष तामाङले जीवन निर्वाहमुखी कृषि प्रणाली भन्दा माथि उठेर व्यवसायिक ढंगले लाग्न किसानहरुलाई आग्रह समेत गर्नुभयो ।
कुंडुवाल कृषि सहकारी संस्थासँग समन्वय गरि सम्पन्न बाख्रा वितरण कार्यक्रममा तेमाल गाउँपालिका कृषि शाखा प्रमुख पहाडी,कुंडुवाल कृषि सहकारी संस्थाका प्रतिनिधि लगायतको समेत उपस्थिति थियो ।