काठमाडौं–भारतीय जनता पार्टीको निमन्त्रणामा नेपालका चार विभिन्न ४ राजनीतिक दलका नेताहरु भारत जाने तयारीमा लाग्नुभएको छ ।

नेकपा एमालेबाट उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र नेपाली कांग्रेसका एक नेता भारत जान लागेका नेपाल खबरले जनाएको छ ।

३ दलबाट जाने नेता टुंगिएपनि नेपाली कांग्रेसबाट को जाने टुंगो लागिसकेको छैन । ‘नो बीजेपी’ अर्थात् भाजपाले पार्टीबारे जानकारी दिन बनाएको अभियानले नेपालका चार दललाई निमन्त्रणा गरेको हो ।

भ्रमणको निम्तो पाएका मातृका यादवले भारतबाट निमन्त्रणा आएको पुष्टि गर्नुभयो । उहाँले मे १ बाट बोलाएको आफूले थाहा पाएको उहाँको भनाई छ ।

भारतमा भइरहेको चुनावको सन्दर्भमा आफ्नो दलको निर्वाचन अभियान, तयारीबारे जानकारी दिन सम्पर्कमा भएका ति दलहरुलाई निमन्त्रणा गरेको बताइएको छ । मे १ बाट उहाँहरु भारत जानुहुनेछ भने मे ५ मा नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस !