काठमाडौं–नेकपा माओवादी केन्द्र,नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । सोमबार साँझ नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शिर्ष नेताबीच नयाँ सत्ता गठबन्धनको सरकार निर्माण,सञ्चालन,न्याय निरुपण लगायतका विषयमा सहमति भएको हो ।

शिर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा चारै दलको सहभागितामा नयाँ सरकार गठन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने,राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने,संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने सहमति भएको उल्लेख छ ।

यसैगरी संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण गर्ने तथा सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तय गर्ने सहमति भएको छ । नयाँ गठबन्धन सरकारको मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने सहमति पनि गरेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सहितका गठबन्धनलाई छोड्दै पुराना मन्त्रिहरुलाई विदाई गर्नुभएको छ भने एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री बनाउनुभएको छ । तिनै जनाले हाललाई विना विभागिय मन्त्रीको रुपमा सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पदको शपथ लिनुभएको छ ।

सहमतिपत्र यस्तो छ :

प्रतिक्रिया दिनुहोस !