काठमाडौं–तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटकको मञ्चन हुने लेखक राजु स्याङ्तानले बताउनुभयो ।

नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गर्नुभएको छ । नाटकको कथालाई राबत, स्याङ्तान र लक्ष्मी रुम्बाले लेख्नुभएको हो ।

नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाई छ । उहाँका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्र्दर्य, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ ।

नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने अर्का निर्देशक सोनाम लामाले बताउनुभयो । उहाँका अनुसार अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा यो नाटकको रिहर्सल जारी रहेको छ ।

नाटकमा सुनिल तामाङ,रविन दोङ,रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस !