काठमाडौं–मिस तामाङ २०२४ को अडिसन शुरु भएको छ । मिस तामाङको १६ औं संस्करणका लागि शनिबार ४८ जनाले पहिलो चरणको अडिसनमा भाग लिएका छन् ।

सहभागिहरुको पूर्व मिस तामाङ सुमी मोक्तान,सफलता थिङ तामाङ र हालका मिस तामाङ पासाङ याङ्जीले अडिसन लिनुभएको हो ।

२७८ जनाले सहभागि हुन फर्म भरेकोमा ४८ जनाले पहिलो अडिसनमा भाग लिएको आयोजक मम्स इनटरनेशनल नेपालकी निर्देशक एवं नायिका रञ्जिता लामा तामाङले बताउनुभयो ।

‘सहभागिहरु हेर्दा यो पटक अझ बढि आश गर्ने ठाउँ देखिन्छ ।’–कला संस्कृतिको प्रवद्र्धनका साथै व्यक्तित्व विकासको महत्वपूर्ण प्लेटफर्मको रुपमा मिस तामाङ आयोजना गर्दै आएको बताउने निर्देशक लामा शनिबारको पहिलो अडिसनमा सहभागि भएकाहरुको  आत्मसवश्वास,आधारभूत क्षमता,प्रस्तुतीले हौसिएको उल्लेख गर्दै भन्नुहुन्छ–‘फिजिकल विउटीभन्दा ब्रेन अर्थात बौद्धिक शुन्दरतालाई हामीले जोड दिदै आएका छौं ।’

तामाङ भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रितिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्धेश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको निर्देशक तामाङको भनाई छ ।

उहाँका अनुसार सहभागिहरुलाई व्यक्तित्व विकासका साथै तामाङ भाषा,संस्कृति,भेषभूषा,तामाङ सेलो,मौलिक नृत्य एवं तामाङ जातिको सांस्कृतिक,आर्थिक,राजनीतिक,सामाजिक अवस्थाबारे विज्ञहरुबाट प्रशिक्षत गराइनेछ ।

सहभागि तामाङ युवतीहरु पनि आफ्नो व्यक्तित्व विकासका साथै तामाङ भाषा,भेषभूषा,संस्कृति सिक्न र पुस्तान्तरणमा सघाउन तत्पर भएर प्रतियोगितामा आएको बताउँछन् ।

प्रतियोगिता विजेता तथा प्रथम हुनेले नगद १ लाख,फस्ट रनर अपले ५० हजार,सेकेण्ड रनरअपले ३० हजार,विजेता सबैले नगद पुरस्कार बराबरकै चाँदीको क्राउनका साथै गिफ्ट ह्याम्पर पाउनेछन् ।

विजेताहरुका लागि सिन्धुपाल्चोकबाट इण्डिया पुग्नुभएका सामाजिक व्यक्तित्व निमा लामाले नगद पुरस्कारको घोषणा गरिसकेको र अन्य सामाजिक व्यक्तित्व,व्यवसायि एवं संघसंस्थाहरुको पनि साथ सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने मम्स इन्टरनेशनल नेपालकी निर्देशक रञ्जिता लामा तामाङले जनाउनुभयो ।

उहाँका अनुसार ल्होछारको अवसरमा आउँदो फागुन १२ गते राष्ट्रिय सभागृहमा अन्तिम ग्राण्ड फिनाले गरी मिस तामाङ २०२४ घोषणा गर्ने तयारी भइरहेको छ ।

कम्तीमा एसईई उतिर्ण गरेका,५ फिट उचाई भएका,१६ देखि २९ वर्ष उमेर समूहका विश्वका कुनै पनि ठाउँमा तामाङ कुलमा जन्मेका युवतीहरुलाई सहभागिताको मापदण्ड राखेर मिस तामाङ आयोजना हुदै आएको छ ।

फोटो सौजन्य : तस्बिर

प्रतिक्रिया दिनुहोस !