
-
अशोकबुद्ध लामा
काभ्रे–नमोबुद्ध नगरपालिका वडा नं.७ भकुण्डेबेशी स्थित नव प्रतिभा अंग्रेजी माध्यमिक विद्यालयले ‘खेलले बढाउँछ सान,स्वास्थ्य र अनुशासन’ भन्ने मूल नाराका साथ बिहीबारबाट प्रारम्भ गरेको खेलकुद सप्ताह जारी छ ।
खेलकुद सप्ताहमा विभिन्न खेलहरु जारी रहेको विद्यालयले जनाएको छ । सप्ताहको उद्घाटन विद्यालयका सञ्चालक सन्तोष अधिकारीले रिबन काटेर विधिवत रुपमा गर्नुभएको थियो ।
खेलको माध्यमबाट आफ्नो राष्ट्रको लागि योगदान दिन सक्ने नागरिक निर्माण गराउने उद्धेश्यका साथ खेलकुद सप्ताह आयोजना गरिएको कुरा विद्यालयका सह प्रधानाध्यापक विवेक कुमार तामाङले बताउनुभयो ।
हरेक बालबालिकामा कुनै न कुनै क्षमता हुने भएकोले विद्यार्थीहरुमा रहेको खेलप्रतिको रुचिलाई निखार्न,अनुशासन र सामूहिक एकताको भावना अभिवृद्धि गराउन खेलको महत्वपूर्ण भुमिका हुने आयोजकको विश्वास छ ।